प्रवास

अन्ततः एनआरएनए जापान विवादित जग्गा खरिद प्रक्रियाबाट पछि हट्यो, अब नेपाल हाउस के हुन्छ ?

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले प्रस्तावित नेपाल हाउस निर्माणका लागि चिबामा रहेको विवादित जग्गा खरिद प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ।

आइतबार बसेको आईसीसीसहितको संयुक्त कार्यसमिति बैठकको निर्णय सोमबार सार्वजनिक गर्दै एनआरएनए जापानले अनुगमन समितिको सुझावका आधारमा यस्तो निर्णय भएको स्पष्ट पारेको हो।

जग्गा खरिदका लागि बुझाइएको बैना रकम फिर्ता गराउन तथा पुरानो जग्गाको बिक्री र व्यवस्थापन गर्न एनआरएन आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनको संयोजकत्वमा समिति गठन गरिएको छ। नेपाल हाउस जग्गा ब्यबस्थापन समितिले जग्गा सम्बन्धी प्रक्रियाको ब्यबस्थापन र जग्गाको खरिद प्रक्रिया रद्द गर्न आवस्यक कानुनी ,प्रशासनिक पहल गर्नेछ । र यसअघि भुक्तानी भईसकेको रकम संस्थामा सुरक्षित रुपमा फिर्ता ल्याएर कुनै पनि आर्थिक क्षति हुन नदिनका लागि यो समिती गठन गरिएको हो।

विज्ञापन

नेपाल हाउस बन्छ त ?

सोमबार संस्थाले प्रेस बिज्ञप्ति जारी गर्दै भनेको छ, ‘अब संस्थाले `नेपाल हाउस´ हैन टोकियोबाट नजिकै पायक पर्ने ठाउँमा भवन खरिद गरेर संस्थाको आफ्नै कार्यालय, नेपाली संस्कार अनुसारको शुभ कार्य गर्न मिल्ने ठाउँ, सभा तथा कार्यक्रम हल, सांस्कृतिक केन्द्र बनाउने छ ।’

एनआरएनए जापानले अघि बढाएको महत्वाकांक्षी परियोजना `नेपाल हाउस´ मा करोडौं येनको आर्थिक कारोबार हुने देखिएपछि व्यापक विरोध भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

प्रवास बाट थप

थप — प्रवास

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।