४९ जना निको हुँदा १९ कोरोना संक्रमित थपिए !

 कोरखबर   ३० चैत, २०७८



३० चैत, काठमाडौं । पछिल्लो २४ घन्टामा १९ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४७१५ नमूनाको परीक्षण गर्दा  सो संख्यामा संक्रमण देखिएको हो। सोही समयमा ४९ जना कोरोनामुक्त भएका छन्। बुधबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

मन्त्रालयका अनुसार पछिल्‍लो २४ घन्टामा ५६ हजार ७ सय ३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ५२० रहेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post