शुक्रबार ४ बजेभित्र खोपको पूर्ण विवरण पठाउन मन्त्रालयको निर्देशन

 कोरखबर   १७ माघ, २०७८



१७ माघ, काठमाडौं । सरकारले शुक्रबार दिउँसो ४ बजेभित्र कोरोनाविरुद्धको मौज्दात खोप र खोप लगाएका सबै व्यक्तिहरूको विवरण पठाउन निर्देशन दिएको छ ।

आइतबार बसेको मन्त्रिस्तरीय बैठकले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई माघ २१ गते दिउँसो ४ बजेभित्र विवरण उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको हो ।

अभिलेख नराखी २४ लाख खोप हराएको समाचार बाहिरिएसँगै मन्त्रालयले कोभिड–१९विरुद्धको खोप अभिलेख सम्बन्धमा छानविन गर्न समिति गठन गरेको छ । समितिले खोपको मौज्दात र लगाएकाहरूको विवरण अद्यावधिक गरी खोपको यथार्थ स्थिति सार्वजनिक गर्नेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post