प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन मन्त्रालयको आग्रह

 कोरखबर   १६ माघ, २०७८



माघ १६, काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशालाबाहिर गरिएका कोभिड–१९ (कोरोना परीक्षण) को विवरण पठाउन आग्रह गरेको छ ।

विभिन्न सङ्घ–संस्था तथा नियोगहरूले सरकारले तोकेको किट प्रयोग गरेर एन्टिजेन परीक्षण गर्ने गरेकोमा त्यसको विवरण प्राप्त नभएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । प्रयोगशालाबाहिर भएका परीक्षणको यकिन विवरण प्राप्त नहुँदा महामारी नियन्त्रणमा समस्या हुने भन्दै मन्त्रालयले जहाँ जोसुकैले परीक्षण गरेको भए पनि त्यसको विवरण पठाउन भनेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले निकाल्नुभएको अपिलमा प्रतिवेदन पठाउने ढाँचासमेत उल्लेख छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post