खोप हिनामिनाको आरोपमा स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

 कोरखबर   १८ माघ, २०७८



१८ माघ, काठमाडौं । कोरोना खोप हिनामिना गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मंगलबार अख्तियारमा उजुरी दर्ता गराएको हो ।

२४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको भन्दै राष्ट्रिय युवा संघले  मन्त्री खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्तिमाथि छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाहीको माग  गरेको छ।

राष्ट्रिय युवा संघका सहसंयोजक संजीवकुमार सुरज झाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारका स्वास्थ्य मन्त्री श्री बिरोध खतिवडा मन्त्री भई जिम्मेवारी बहन गरेपछि २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको हँदा मन्त्री बिरोध खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्ति उपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारवाही गरी पाउँ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ वमोजिम यो निवेदन गरेका छौं। अतः यस सम्बन्धमा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३, ८, १७ तथा अन्य कानन बमोजिम भ्रष्टाचारमा संलग्न स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री बिरोध खतिवडा तथा अन्य व्यक्ति पत्ता लगाई कारवाही गरी पाउँ ।’



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post