११ माघ, विराटनगर । प्रदेश १ को कोसी अस्पतालका मेसु चुमनलाल दाससहित १२२ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। सबै जना होमआइसोलेजनमा बसेका छन्। साथै, स्वास्थ्य परीक्षण गर्न जानेलाई समेत संक्रमणको जोखिम बढेको छ।
अस्पतालमा कोरोनाको कुनै लक्षण नदेखिएको तर, धेरै कर्मचारी संक्रमणमा परेकाले जोखिम बढेको छ । त्यहाँ दैनिक रूपमा संक्रमण हुने संख्या बढ्दै गएको छ। तर, स्वास्थ्य सेवा लिन जाने बिरामी र कुरुवाले कोरोनाको बेवास्ताले अस्पताल क्षेत्र झनै जोखिममा रहेको छ। २२ जना विशेषज्ञ चिकित्सक, ४१ नर्स , ११ जना पारामेडिसिन र ८ जना प्रशासनका कर्मचारीलगायत संक्रमित भएका छन्।