माघ १०, काठमाडौं । कोभिड–१९ संक्रमितको संख्या फेरि १० हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार २०१ जनाको स्वाब परीक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना पुष्टि भएको छ। आइतबार १७ हजार ४३७ जनाको स्वाब परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना सङ्क्रमण देखिएको थियो।
आज संक्रमण पुष्टि भएकामध्ये १६ हजार ६५४ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ५४ जनामा र ४ हजार ५४७ जनाको एन्टिजन परीक्षण गर्दा २ हजार २६५ जनामा कोरोना देखिएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट चार जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ। सोमबार २ हजार ५४० जना निको भएका छन्। योसँगै निको हुनेको संख्या पनि ८ लाख २३ हजार २३९ पुगेको छ।
नयाँ थपिएका संक्रमितको तुलनामा निको हुनेको संख्या बढ्न सकेको छैन। जसले गर्दा सक्रिय संक्रमितको संख्या बढेर ८२ हजार ५५० पुगेको छ।