पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना पुष्टि

 कोरखबर   ९ माघ, २०७८



माघ ९, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post