कोभिडको तेस्रो लहर : नेपाल प्रहरीका ६७१ जना संक्रमित

 कोरखबर   ७ माघ, २०७८



माघ ७, काठमाडौँ । नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमित भएका प्रहरीहरुको स्वास्थ्य अवस्था जटिल नभएको जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो भेटियन्ट ओमिक्रोनबाट प्रहरीहरु पनि संक्रमित भएको तर स्वास्थ्य अवस्था जटिल नरहेको बताएका हुन्।

उनले संक्रमितहरुको संख्या थपिँदै गए पनि नेपाल प्रहरीको काममा भने प्रभावित हुने अवस्था नरहेको स्पष्ट पारे। प्रवक्ता केसीले फ्रन्ट लाइनमा खटिने प्रहरीहरुका लागि सहज ढंगले बुस्टर खोपको व्यवस्था मिलाइएको पनि बताए।

उनका अनुसार कोभिडको तेस्रो लहरमा नेपाल प्रहरीका ६७१ जना संक्रमित भएका छन्। जसमध्ये कसैमा पनि स्वास्थ्य जटिलता नदेखिएको प्रवक्ता केसीले स्पष्ट पारे।

‘अहिले ओमिक्रोनबाट बिरामी भएका जति पनि प्रहरी कर्मचारी हुनुहुन्छ। उहाँहरुलाई त्यस्तो क्रिटिकल अवस्था भएको छैन। निश्चय पनि धेरै प्रहरी कर्मचारीहरु क्रमशः यसबाट पीडित हुँदै गइराखेको अवस्था छ’, प्रवक्ता केसीले भने, ‘तथापि त्यस्तो जटिल स्वास्थ्य अवस्था रहेको छैन। जसले गर्दा दैनिक शान्ति सुरक्षा कायम राख्न अथवा अन्य क्षेत्रमा काम गर्नका लागि जटिलता उत्पन्न भएको छैन।’

काठमाडौँमा नेपाल प्रहरी अस्पताल, पुलिस एकेडेमी र सरकारका तोकेको ठाउँहरुमा गएर पनि प्रहरीलाई बुस्टर खोप लगाउने व्यवस्था मिलाइएको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post