कोरोनाका कारण टियुको परीक्षा स्थगित

 कोरखबर   ६ माघ, २०७८



६ माघ, काठमाडौं । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले कोभिड संक्रमण उच्च गतिमा फैलिरहेको अवस्थामा तत्काल परीक्षा लिने विषयमा सोच्न निर्देशन दिएका छन् ।

निर्देशन लगत्तै त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेको परीक्षा स्थगित गर्ने तयारी गरेको छ । त्रिविले  सोमबारबाट हुने सबै परीक्षा स्थगित गरेको छ ।

त्रिविका रजिष्ट्रार प्रा डा. पेशल दाहालले सोमबारबाट हुने परीक्षा स्थगित गरेको जानकारी दिए । उनले भने– डीनसंग भएको बैठक पछि परीक्षा स्थगित गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post