घट्यो पीसीआर परीक्षणको शुल्क, कुनमा कति ?

 कोरखबर   ६ माघ, २०७८



माघ ६, काठमाडौं । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सबै प्रयोगशालाहरूका नाममा परिपत्र गर्दै कोरोना परीक्षणको शुल्क घटाइएको जानकारी गराएको हो ।

स्वास्थ्यमन्त्रीस्तरीय निर्णयअनुसार अब निजी प्रयोगशालाले पीसीआर शुल्क अधिकतम १५ सय मात्र लिन पाउने छन् । यसअघि निजीले २००० शुल्क लिँदै आएका थिए ।

यस्तै सरकारी अस्पताल र ल्याबले अधिकतम ८०० रुपैयाँमा पीसीआर परीक्षण गर्नुपर्ने छ । निस्शुल्क परीक्षणको मापदण्डमा नपरेकाहरूलाई सरकारी अस्पतालले १००० रुपैयाँ शुल्क लिँदै आएका थिए ।

सरकारी अस्पतालहरूमा हुने निस्शुल्क परीक्षण पनि जारी रहने आसय परिपत्रमा छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post