दुई कम्पनीले पाए हकप्रद सेयर जारी गर्ने अनुमति

 कोरखबर   ६ माघ, २०७८



माघ ६, काठमाडौँ। दुई कम्पनीले हकप्रद सेयर जारी गर्ने अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले  शिखर इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिएको हो।

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको हो । भदौ १७ गते कम्पनीले बोर्डमा निवेदन पेश गरेको थियो । कम्पनीले  १ः०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति प्राप्त गरेको हो। कम्पनीलाई प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मुल्यमा ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति बोडले दिएको हो।  कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले  गर्नेछ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post