नेप्सेमा सूचीकृत भयो सामलिङ्गको सेयर, कारोबार बिहीबारबाट खुल्ने !

 कोरखबर   ८ मंसिर, २०७८



मंसिर ८, काठमाडौं । सामलिङ्ग पावर कम्पनीको  सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधबार कम्पनीको ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । अब बिहीबारबाट यसको सेयर कारोबार पनि खुला हुनेछ ।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको सात लाख ३० हजार कित्ता, आयोजना प्रभावित बासिन्दाहरूका लागि निष्काशन गरेको पाँच लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३७ लाख ७० हजार कित्ता गरी ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि न्युनतम ९८ रुपैयाँ ७७ पैसा देखि २९६ रुपैयाँ ३१ पैसा ओपनिङ रेन्ज तोकिएको छ । त्यसअनुसार कम्पनीको सेयर बिहीबारबाट कारोबारमा आउनेछ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post