नेप्से सूचक २८ सयमा उक्लियो, आज पनि १६ अङ्कको वृद्धि !

 कोरखबर   १ मंसिर, २०७८



मंसिर १, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बुधबार पनि १६ अङ्क माथिको सुधार आएको छ ।

लगातार तेस्रो दिन पनि उकालो लाग्दै नेप्से सूचक आज २८ सय माथि पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १६.९५ अङ्कले बढेर २८ सय १.५२ विन्दुमा उक्लिएको छ । यस्तै यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.९८ अङ्कले बढ्दै ५२५.४४ विन्दुमा पुगेको छ ।

यसदिन बैंकिङ, ट्रेडिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइनान्स उपसमूहहरू धनात्मक भएका छन् भने, विकास बैङ्क, जीवन÷निर्जीवन बीमा, म्युचुअल फन्ड लगायतका समूह ऋणात्मक भएका छन् ।

झण्डै १७ अङ्कले बढेको बजारमा आज ७ अर्ब ३७ करोड ९४ लाखको कारोबार भएको छ । गत मंगलबार अधिकतम ६९ दशमलव २२ अङ्कले बढेको बजारमा जम्मा ५ अर्ब ५२ करोड १६ लाखको मात्र कारोबार भएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post