नेप्से ३२ अंकले घट्यो, १४ कम्पनीको मात्रै सेयर मूल्य बढ्यो !

 कोरखबर   ७ मंसिर, २०७८



मंसिर ७, काठमाडौँ । मंगलबार सेयर बजारको परिसूचक नेप्से ३२.२९ अंकले घटेको छ । सो अंकको कमीसँगै नेप्से २७३३ अंकमा कायम भएको छ । कुल ४ अर्ब १६ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढी हो । सोमबार ३ अर्ब ९२ करोडको कारोबार भएको थियो ।

अन्य बाहेकका सबै उपसमूह घटेका छन् । नेपाल टेलिकमको मूल्य बढ्दा सो उपसमूह १९ अंकमा हरियो रह्यो । बैंकिङ १५, ब्यापार ४५, होटल तथा पर्यटन ९३, विकास बैंक ११९, जलविद्युत ७५, फाइनान्स ८८, निर्जीवन बीमा २०१, उत्पादन १०१, माइक्रोफाइनान्स ५६ र जीवन बीमा उपसमूह १८९ अंकले घटे ।

१४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । १७१ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो । मानुसी लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । त्यस्तै नेपाल टेलिकमको मूल्य प्रतिकित्ता ३६ रुपैयाँ ८० पैसाले बढेको छ । आइसिएफसी फाइनान्सको मूल्य सबैभन्दा धेरै ५.८ प्रतिशतले घट्यो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post