पछिल्लो २४ घण्टामा देशभर १० हजार बढी कोरोना संक्रमित

 कोरखबर   ४ माघ, २०७८



माघ ४,काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ। 

हालसम्म पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा ८ लाख ६८ हजार २१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ।  संक्रमितमध्ये ८ लाख १७ हजार ५४७ जना निको हुँदा कुल ११ हजार ६२४ जनाको मृत्यु भएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले खोप लगाएका छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post