त्रिवि शिक्षण अस्पतालका ६० स्वास्थ्यकर्मी र बिरामीमा कोरोना संक्रमण

 कोरखबर   २९ पौष, २०७८



काठमाडौँ । राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका ६० जना स्वास्थ्यकर्मी र बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ।

उक्त अस्पतालका चिकित्सक, आवासीय चिकित्सक, नर्स, अन्य कर्मचारीहरु र बिरामीसमेत गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको निर्देशक दिनेश काफ्लेले बताए।कोरोना संक्रमण पुष्टि भएका सबै स्वास्थ्यकर्मीहरु होम आइसोलेसनमा रहेको जानकारी उनले दिए।

‘एक जना बिरामीमा संक्रमण देखिएपछि स्वास्थ्यकर्मीहरु र अन्य बिरामीहरुलाई कोरोना परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको हो, उहाँहरु एक जनाबाहेक सबै होम आइसोसेलनमा हुनुहुन्छ,’ काफ्लेले भने।

संक्रमण देखिएका ६० जनामध्ये एक जना अस्पतालमा भर्ना गरिएको र बाँकी सबैलाई कुनै पनि लक्षण नदेखिएको उनले जानकारी दिए। अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको सेवा नै प्रभावित भएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post