५१ हजार नागरिकको निःशुल्क मिर्गौला परीक्षण गदै मन्थली नगरपालिका

 कोरखबर   २८ पौष, २०७८



२८ पुष, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आफ्ना नागरिकको निःशुल्क मिर्गौला परीक्षण सुरु गरेको छ । राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रको मिर्गौला बचाउँ अभियानको प्रविधिक सहयोगमा नगरपालिकाले मिर्गौला परीक्षण कार्यक्रम सुरु गरेको हो ।

नगरपालिकाले “स्वस्थ मिर्गौला–स्वस्थ मन्थली” भन्ने मूल नाराका साथ नगरपालिका भित्रका ६ वर्ष उमेर माथिका र ६० वर्ष उमेर सम्मका ५१ हजार नागरिकहरूको निःशुल्क रूपमा मिर्गौला परीक्षण सुरु गरेको मन्थली नगरपालिका नगरप्रमुख रमेश कुमार बस्नेतले जानकारी दिनु भयो ।

अभियान अन्तर्गत नगरपालिका भित्रका १४ वटा वडाका ३१ वटा स्थानमा परीक्षण भइरहेको छ । युरिन टेस्ट मार्फत मिर्गौला परीक्षणको भइरहेको मिर्गौला बचाउँ अभियानका अभियन्ता तथा मिर्गौला रोग विशेषज्ञ डा।क्रृषी काफ्लेले बताउनु भयो । हाल सम्म १० हजार नागरिकले मिर्गौला परीक्षण गरेको मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले बताउनु भयो ।

अभियान सञ्चालनका लागि मन्थली नगरपालिकाले चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ विनियोजन गरिएको यस रकम वाट अपुग भएमा अन्य शीर्षकबाट खर्च गरेर भए पनि सबै नागरिकको मिर्गौला परीक्षण गर्ने मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिला राज पौडेलले जानकारी दिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post