विहिबार कति प्रतिशत लाभांश पारित गर्दैछ एनएमबि बैंक ?

 कोरखबर   २१ पौष, २०७८



पुस २१, काठमाडौं । एनएमबि बैंकको २६औं वार्षिक साधारण सभा भोलि हुँदै छ ।  बिहान १०ः३० बजे त्रिभुवन आर्मी अफिसर्स क्लब टुडिखेलमा साधारण सभा हुने छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै उक्त सभाले गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन माथि छलफल, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह वितरण लगायतका वार्षिक वित्तीय विवरण पारित गर्ने छ भने चालु आर्थिक वर्षको लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ७ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post