राष्ट्र बैंकले १ अर्ब १० करोड बढी कोषको रकम ब्याजमा लगानी गर्ने !

 कोरखबर   १४ मंसिर, २०७८



मंसिर १४, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब १० करोड बढी लगानी योग्य रकम ब्याजमा लगानी गर्ने भएको छ। बैंकले मंसिर २९, २०७८ देखि आगामी वर्ष मंसिर २९, २०७९ सम्म एक वर्षका लागि कुल १ अर्ब १० करोड ७८ लाख रुपैयाँ मुद्दतीमा ब्याजमा लगानी गर्न चाहेको हो।

यसका लागि बैंकले इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई दरखास्त आह्वान गरेको छ। बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि ८८ करोड ६४ हजार रुपैयाँ छुट्याइएको छ भने ‘ख’ र ‘ग’ वर्गका विकास बैंक र लघुवित्त कम्पनीहरुलाई क्रमशः १६ करोड ६१ लाख र ५ करोड ५३ लाख रुपैयाँ छुट्याइएको छ।

तर, निक्षेप माग गर्ने बैंकहरुले राष्ट्र बैंकले तोकेको सर्त तथा नियमहरु पूरा गरेको हुनुपर्ने जनाएको छ । दरखास्त आगामी मंसिर १७ गते दिउँसो १ बजेभित्र दिइसक्नु पर्नेछ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post