मंसिर ९, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दैछ ।
बैंकले सर्ट ट्रम लोनको रुपमा १४ दिनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त रकम सापटी दिन लागेको हो । बिहीबार अर्थात् मंसिर ९ गते दिउँसो २ बजे जारी हुने उक्त रिपो आगामी मंसिर २३ गते परिपक्व हुनेछ ।
उक्त रिपोका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन राष्ट्र बैंकको वेबसाइटमा नै उपलब्ध गराइएको छ । बजारमा तरलता (लगानीयोग्य रकम) अभाव रहेको अवस्थामा बैंकले रिपोमार्फत रकम व्यवस्थापन गर्दै आइरहेको छ ।
यसअघि पनि बैंक यसैगरी रिपो जारी गर्दै आएको छ ।