नेपाल बङ्गलादेश बैंकले १५ प्रतिशत लाभांश दिने !

 कोरखबर   ३ मंसिर, २०७८



मंसिर ३, काठमाडौँ । नेपाल बङ्गलादेश बैंकले सेयरधनीलाई  १५.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको  २७ औँ वार्षिक साधारणसभा तथा सञ्चालक समितिको बैठकले सञ्चालक समितिले ल्याएको लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

बैंकले आव २०७७/०७८ को मुनाफा रकमबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चूक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर र ३.५० प्रतिशत ९बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी० का दरले नगद लाभांश वितरण गर्ने भएको हो ।

बैंकका अध्यक्ष एआरएम नजसमुस शकिबको अध्यक्षतामा बसेको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेको थियो । शुक्रवार सम्पन्न सभाले नयाँ सञ्चालक समितिको निर्वाचन गरेको छ ।

सभाले आगामी कार्यकालका लागि बैङ्कको ६ जना सञ्चालक समिति चयन गरेको छ । जसमा संस्थापक समूहबाट एआरएम नजमुस शकिब, एम शाह आलम सरवर तथा क्यामरुन नहर अहमद निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल तथा अमन साह निर्वाचित भएका छन् ।

कोभिड–१९ को संक्रमण पूर्ण रुपमा सामान्य नभएले बैंकले भर्चुअल रूपमा साधरणसभा  सम्पन्न गरिएको जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post