पुनः कोरोना संक्रमण फैलन सक्ने चिन्ता, तयारी गर्न निर्देशन

 कोरखबर   १६ पौष, २०७८



पुस १६, काठमाडौं । कोभिड उपचारमा संलग्न चिकित्सकलाई ओमिक्रोन भेरियन्टको सम्भावित स‌ंक्रमणबाट सतर्क रहेर काम गर्न प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले निर्देशन दिएका छन्।

कोभिड अस्पताल विराटनगरको शुक्रबार निरीक्षण गर्दै उनले पछिल्लो समयमा कोरोना भाइरस तथा यसको घातक भनिएको ओमिक्रोन भेरियन्टको सम्भावित खतरातर्फ सतर्क रहेर काम गर्न र त्यसको उपचारका लागि तयारी गर्नसमेत निर्देशन दिएका हुन्।

कोरोना संक्रमितहरूको उपचारमा कुनै कमी हुन नदिनसमेत मन्त्री कार्कीले आग्रह गरेका छन्। ‘उपचारमा आउने बिरामीले अस्पतालमै उपचार पाएनन् भने कहाँ जाने, यस विषयमा यहाँहरूले गम्भीर भएर सोच्नुपर्छ र सबैलाई चुस्त रूपमा सेवा दिनुपर्छ,’ उनले भने।

स्वास्थ्य उपचारमा कुनै कमजोरी हुन नदिन प्रदेश सरकार चनाखो भएको र ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न सक्ने देखिएकाले अस्पतालको व्यवस्थापन चुस्त र दुरुस्त हुनुपर्नेमा उनले जोड दिए। मन्त्री कार्कीले त्यहाँ उपचाररत बिरामीहरूका साथै अस्पतालको आईसीयू, भेन्टिलेटर कक्षलगायतको अवस्थाको बारेमा पनि जानकारी लिएका थिए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post