आयोगका अनुसार माघ १० गतेसम्म फाराम भर्न सकिनेछ । दोब्बर दस्तुर तिरेर माघ २० गतेसम्म फाराम भर्न सकिने आयोगको भनाइ छ । दस्तुर ५०० सय रुपैयाँ लाग्नेछ । प्रत्येक समावेशी समुहका लागि भने ४०० रुपैयाँ लाग्ने आयोगले जनाएको छ ।
सामुदायिक विद्यालयको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागिएको हो ।
सो पदका लागि आवश्यक योग्यता पुगेकाहरुले आयोगको आधिकारिक वेबसाइट https://online.tsc.gov.np/ मा गएर दरखास्त दिन सक्नेछन् ।
विज्ञापन हेर्नुहोस :