सिरिन्ज सकिएपछि खोप कार्यक्रम स्थगित

 कोरखबर   १३ पौष, २०७८



पुस १३,काठमाडौं । १२ देखि १७ वर्षका बालबालिकाका लागि दिने भनिएको फाइजर खोपको लागि सिरिन्ज अभाव भएपछि खोप कार्यक्रम स्थगित भएको छ।

यस अघि काठमाडौं ललितपुर भक्तपुर, काभ्रे चिवतन सिन्धुली,डडेलधुरा र सुर्खेत गरि ८ जिल्लामा पौष १३ गतेदेखि बालबालिकाका लागि दिने भनिए पनि सिरिन्ज अभावमा खोप कार्यक्रम स्थिगित गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सिरिन्ज प्राप्त हुने वित्तिकै खोप लगाउने कार्यक्रम प्रारम्भ गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। ५७ जिल्लामा भने पौष ७ गतेदेखि बालबालिकाका लागि कोभिड १९ विरुद्धको मोडर्ना खोप अभियान सञ्चालन भइरहेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post