भारतमा अदालतभित्रै बिस्फोट, २ को मृत्यु, चार घाइते

 कोरखबर   ८ पौष, २०७८



पुस ८,पञ्जाब । भारतीय राज्य पञ्जाबको लुधियानास्थित एक अदालतमा बिहीबार दिउँसो बिस्फोट भएको छ।

लुधियाना अदालतको दोस्रो तलाको वासरूममा भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको र  चार जना घाइते भएको इन्डिया टुडेले जनाएको छ।

बिस्फोटलगत्तै प्रहरी र अग्नि नियन्त्रक  अदालतमा पुगेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडिओहरूमा ६ तले अदातल भवनबाट धुँवा आइरहेको देखिन्छ।

लुधियाना अदालतमा बिहीबार वकिलहरूको बन्द थियो।  त्यही भएर बिस्फोटका बेला अदालतमा धेरै मानिस थिएनन्। बिस्फोट कसरी भयो र कसले गरायो भन्ने खुलिसकेको छैन।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post