भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा छापा

 कोरखबर   ७ सावन, २०७८



साउन ७, काठमाण्डौ । भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा आज बिहीवार बिहान सेन्ट्रल बोर्ड अफ डायरेक्ट ट्याक्सेज (सीबीडीटी) ले छापा मारेको छ ।  

सीबीडीटीका प्रवक्ता सुरभि अहलूवालियाले दैनिक भास्करको कार्यालयमा छापा मारिएको पुष्टि गर्नुभएको छ ।  सुरभीले बीबीसीसँग भन्नुभएको छ, ‘दैनिक भास्करको कार्यालयमा सीबीडीटीको अपरेशन चलिरहेको छ । यसबारेमा हामी अहिले यतिमात्र बताउन सक्छौँ ।’

दैनिक भास्करका नेशनल एडिटर लक्ष्मी प्रसाद पन्तले सीबीडीटीको टोली जयपुर कार्यालयमा पुगेको खबर प्राप्त भएको बताएका छन् ।  

दैनिक भास्कर भारतको चर्चित हिन्दी अखबार हो । दैनिक भास्करले कोभिड महामारीको समयमा खोजमूलक समाचारहरू प्रकाशित गरेको थियो जसमा सरकारले कोभिड महामारी व्यवस्थापनमा गरेको क्रियाकलापमाथि प्रश्न उठाएको थियो ।

दैनिक भास्करको कार्यालयमा छापा मारिएको विरोधमा विपक्षीले नाराबाजी गरेपछि दुवै सदन स्थगित गरिएको छ । दुवै सदन दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विपक्षीले दैनिक भास्कर कार्यालयमा छापा मारेर मिडियालाई डराउने काम गरेको आरोप पनि लगाएका छन् ।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post