मुम्बइमा लगातारको वर्षाले घर भत्किँदा ११ जनाको मृत्यु

 कोरखबर   २७ जेठ, २०७८



२७ जेठ, मुम्बई । मुम्बईमा बुधवार दिनभर पानी परिरह्यो। उक्त वर्षाका कारण मलवानी क्षेत्रमा चार तल्ले घर भत्कदा ११ जनाको मृत्यु भएको छ।

बुधवार राति ११:१० बजे उक्त घर ढलेको थियो। घटना हुनसाथ फायर बिग्रेडदेखि ब्रिहनमुम्बई मुनिसिपाल कर्पोरेसनको टोली उद्धारमा पुगेका थिए। घटनास्थलबाट १८ जना मानिसको उद्धार गरिएको बताइएको छ।

घटनामा परी घाइते भएका ७ जना त्यहाँस्थित बीडीबिए नगर जनरल अस्पतालमा उपचाररत छन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post