भारतमा कोरोना : थप ३८ हजार संक्रमित थपिदा ४९९ मृत्यु

    ४ सावन, २०७८



४ साउन,  एजेन्सी। छिमेकी मुलक भारतमा पछिल्लो २४ घन्टामा थप ३८ हजार १६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यसै गरी पछिल्लो २४ घन्टामा थप ४९९ संक्रमितले ज्यान गुमाएका छन् । यही अवधिमा ३८ हजार ६६० जना संक्रमित निको भएका छन् । ४ लाख २१ हजार ६६५ जना सक्रिय संक्रमित रहेका छन् । 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ३ करोड ११ लाख ४४ हजार २२९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ४ लाख १४ हजार १०८ जनाले ज्यान गुमाइसकेका छन

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । हालसम्म भारतमा ४० करोड ६४ लाख डोज भ्याक्सिन लगाइसकिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post