कहाँ पुग्यो नेपाली नर्स बेलायत लैजाने प्रक्रिया ?

 कोरखबर   ६ पौष, २०७८



पुस ६,काठमाडौं । सरकारले केही समयदेखि नेपाली नर्सलाई बेलायत पठाउनका लागि आवश्यक तयारी अगाडि बढाइरहेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समिति गठन गरी उक्त प्रक्रिया अगाडि बढाएको हो।

मन्त्रालयका उपसचिव थानेश्वर भुसालले बेलायतले नेपाली नर्सलाई 'केयर गिभर'  लगायत सेवामा रोजगारीको अवसर दिने भनेपछि अहिले सरकारले सोही अनुसार कसरी आफ्ना जनशक्ति पठाउन सकिन्छ भनेर गृहकार्य गरिहेको जानकारी दिए। त्यसका लागि पुस ३० गते दुबै देशका प्रतिनिधिबीच छलफल हुने भएको छ।

सबै प्रक्रिया पूरा भएपछि बेलायत जाने नेपाली नर्सहरूले मासिक झन्डै ७ लाख रुपैयाँ तलब पाउने भनिएको छ।

तर सरकारले बेलायतमा आफ्ना नर्स पठाउन सुरू गरे पनि सुरूमा सबै खालका नर्स भने जान पाउँदैनन्। त्यसैले कस्ता नर्सलाई सुरूमा पठाउने भनेर गठित समितिले अध्ययन गरिरहेको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post