रोजगारीका लागि सरकारले १० हजार नर्सलाई बेलायत पठाउने !

 कोरखबर   ३ मंसिर, २०७८



मंसिर ३,काठमाडौं । सरकारले रोजगारीका लागि १० हजार नर्सलाई बेलायतमा पठाउने तयारी गरेको छ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिएको जानकारी दिएका हुन्।

वैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार आयोजना गरेको कार्यक्रममा गौतमले भने,  ‘बेलायतले नेपालबाट नर्स लान चोहको छ। हामीले श्रमिकमैत्री सम्झौताका बारेमा छलफल गरिरहेका छौं।’ 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post