मोर्डना खोप : स्वास्थ्य मन्त्रीले गरे हेटौंडाबाट अभियानको सुभारम्भ

 कोरखबर   ४ पौष, २०७८



पुस ४, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाबाट १२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको मोर्डना खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले आज हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा एक कार्यक्रमको आयोजना गर्दै १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि कोरोना विरुद्धको मोर्डना खोप लगाउने अभियानको सुरुवात गरेको हो ।

नेपाल सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै खोप अभियान सुरु गरेका हुन्। मन्त्री खतिवडाको रोहवरमा भुटनदेवी माध्यमिक विद्यालयका एक छात्र संगम खत्री र एक छात्रा विनिताकुमारीलाई खोप लगाएर देशभर मोर्डना खोप अभियान सुरु भएको छ।

आजबाट सुरु भएको खोप अभियान अन्तर्गत मकवानपुरका १० वटा स्थानीय तहका विभिन्न विद्यालयमा ५३ हजार विद्यार्थीहरुलाई मोर्डना खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिए।

देशभरका ५७ वटा जिल्लामा आजबाट खोप अभियान सुरु भएको मन्त्री खतिवडाले जानकारी दिए । देशभरको केन्द्रविन्दु बनाएर हेटौंडाको भुटनदेवी स्कुलबाट खोप अभियान सुरु गरिएको र केही दिनभित्रै देशका ७७ वटै जिल्लामा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post