२ सय ५४ संक्रमित थपिदा एकजनाको मृत्यु !

 कोरखबर   २६ मंसिर, २०७८



मंसिर २६, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५४ जना कोभिड संक्रमित थपिएका छन् । ८ हजार ६८२ वटा नमुना परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो चौबिस घण्टामा १ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा २३४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ८९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post