एकैदिन ३ लाख २९ हजार बढीले लगाए कोभिडविरुद्धको खोप !

 कोरखबर   २४ मंसिर, २०७८



२४ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ४८७ जनाको कोरोना भाइरस परीक्षण गर्दा २५९ जनामा संक्रमण देखिएको छ। ३३७ जना संक्रमण मुक्त भएका छन्। यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९९७ पुगेको छ।

संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। ११ हजार ५५२ जनाले हालसम्म संक्रमणका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउनेको संख्या पनि बढ्दो रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ३२१ जनाले खोप लगाएका छन्। बिहीवार पनि तीन लाख भन्दा बढीले खोप लगाएका थिए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post