रामेछापको गोकुलगंगा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग !

 कोरखबर   २३ मंसिर, २०७८



२३ मंसिर, भक्तपुर । भक्तपुरको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले रामेछापको गोकुलगंगा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । रामेछाप पुगेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठसहितको टोलीले गाउँपालिकाबाट सञ्चालित सो अस्पताललाई सहयोग गरेको हो । 

नगरप्रमुख श्रेष्ठका अनुसार नेपाल कोरिया मैत्री नगरपालिकाले अस्पतालले गोकुलगंगा अस्पताललाई २ थान अक्सिजन कन्सन्ट्रेटर र ह्विल चियर सहयोग गरेको हो ।  स्थानीय तहद्वारा सञ्चालित अस्पतालबीच भगिनी सम्बन्ध कायम भएको बताए ।  

उनले दुई अस्पतालबीच आउट रिच सेवा दिने सहमति भएको जानकारी दिए । योसँगै अस्पतालका बिरामीलाई एउटा बाट अर्कोमा रिफर गर्ने सकिनेछ । रिफर भएर आएका बिरामीको उपचारमा छुटको व्यवस्था हुनेछ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post