आइतबारसम्म ३४ लाख खोप नेपाल आइपुग्ने !

 कोरखबर   २२ मंसिर, २०७८



मंसिर २२, काठमाडौं । नेपालमा आइतबारसम्म ३४ लाख डोज कोभिड-१९ विरुद्धको  मोर्डना खोप आइपुग्ने भएको छ।

कोभ्याक्स सुविधामार्फत् र सरकारले खरिद गरेको समेत गरी आइतबारसम्म ३४ लाख डोज मोर्डना खोप आउने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । सो खोप बिहीबार र आइतबार गरी दुई लटमा ल्याइनेछ।

यसअघि गत शुक्रबार नेपालमा कोभ्याक्स सुबिधामार्फत् नै एक लाख ८८ हजार डोज नेपाल ल्याइएको थियो । मोर्डना खोप विद्यालयलाई केन्द्र बनाएर १२ देखि १८ वर्षसम्मका बालबालिकालाई दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post