नेपालमा थप ३१५ जनामा कोरोना संक्रमण, दुईको मृत्यु !

 कोरखबर   २१ मंसिर, २०७८



२१ मंसिर, काठमाडौं । नेपालमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरि ११८१० जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २७२ र एन्टिजेन परीक्षणबाट ४३ जनामा संक्रमण देखिएको थियो।

त्यस्तै पछिल्लो २४ घन्टामा ३०४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप २ जनाको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेको मन्त्रालयले जनाएको छ।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post