सोमबार थपिए २ सय ६५ कोरोना संक्रमित !

 कोरखबर   २० मंसिर, २०७८



मंसिर २०, काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ६५ जनामा संक्रमण देखिएको छ। देशभर सात हजार १ सय १४ पिसिआर परिक्षणको क्रममा २ सय ३८ जना र एक हजार ५ सय ३ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ लाख १८ हजार ४ सय ४९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ४३ जनाको कोरोना कारण मृत्यु भएको छ ।

त्यस्तै थप ३ सय ५७ संक्रमित निको हुँदा हालसम्म नेपालमा आठ लाख चार हजार ९०१ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ३ सय ८६ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post