नेपालमा कोभिड : ४ सय ३६ जना निको हुँदा थप २ सय ५ जनामा सङ्क्रमण !

 कोरखबर   १९ मंसिर, २०७८



मंसिर १९, काठमाडौं । देशभर थप २ सय ५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ७ सय ४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ सय र एन्टिजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ४ सय ३६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ४ हजार ५ सय ४४ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.८ प्रतिशत रहेको छ । हाल देशभर ६ हजार ५ सय ०७ जना सक्रिय सङ्क्रमित रहेका छन्।

कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५ सय ४१ जनाले ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ९ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ९० लाख ५० हजार ८ सय ३४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८६ लाख ९७ हजार ९ सय ८९ जनाले पूर्ण मात्रा र १ करोड ३ लाख ५२ हजार ८ सय ४५ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post