२४ मुलुकमा फैलियो ओमिक्रोन भाइरस !

 कोरखबर   १६ मंसिर, २०७८



१६ मंसिर, काठमाडौँ । केही साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले विश्वका विभिन्न देशहरूमा देखिन थालेको छ । पछिल्लो समय यो भाइरस अमेरिका हुँदै दक्षिण कोरियामा देखिएको छ । दक्षिण अफ्रिकालगायतका यो भाइरस देखिएका मुलुकहरूबाट आएका व्यक्तिहरूमा ओमिक्रोन भाइरस देखिँदै आएको छ।

भेरियन्टको विषयमा वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् । यो भाइरस कति प्रभावशाली छ, हाल हामीले प्रयोग गरिरहेको खोपले काम गर्छ वा गर्दैन भन्ने विषयमा खोज भइरहेको भाइरोलोजिस्ट डा‍. शेरबहादुर पुन बताउँछन्।

यो भाइरस कतिसम्म घातक छ भन्नेबारे यकिन तथ्य नभए पनि अधिकांश मुलुकहरूले दक्षिण अफ्रिका माथि प्रतिबन्ध लगाइरहेका छन् ।

हालसम्म यो भेरियन्ट स्वीटजरल्यान्ड, फ्रान्स, पोर्चुगल, स्पेन, स्वीडेन, हङकङ, जर्मनी, नेदरल्यान्ड्स, डेनमार्क, बेल्जियम, इटाली, चेक रिपब्लिक, अस्ट्रिया, अस्ट्रेलिया, जापान, क्यानडा र ब्राजिल नर्वे ‌अ‍ायरल्यान्डमा पनि नयाँ भेरियन्ट देखिएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post