प्राइम र प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले पाउँछन् किन्न ?

 कोरखबर   ३ मंसिर, २०७८



मंसिर ३,काठमाडौं । दुई वाणिज्य बैंक प्राइम बैंक र प्रभु बैंकको संस्थापक सेयर बिक्री खुल्ला भएको छ । सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले शुक्रबारदेखि आफ्नो स्वामित्वमा रहेको प्राइम बैंकको ६६ हजार ६७५ कित्ता र प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने गर्ने भएको हो ।

योसँगै कम्पनीले आफ्नै स्वामित्वमा रहेको नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता सेयर समेत लिलाम गर्ने भएको  छ । इच्छुक लगानीकर्ताले न्यूनतम २२५ रुपैयाँमा प्राइम बैंक, २०५ रुपैयाँमा प्रभु बैक र  ३५० रुपैयाँका दरले ग्रामीण विकास लघुवित्तको सेयर न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा मंसिर १० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सबै कम्पनीको सेयरमा न्यूनतम २ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post