प्रि ओपन सेसनमा साढे १० अंक बढ्यो नेप्से !

 कोरखबर   १ मंसिर, २०७८



मंसिर १, काठमाडौं । मंगलबार उच्च अंकले बढेको नेप्से बुधवारको प्रि–ओपन सेसनमा १० दशमलव ६१ अंक बढेको छ।

आजको प्रि–ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७९५ दशमलव १९ बिन्दुमा पुगेको हो। आजको उक्त सेसनमा ४३ कम्पनीको १६ हजार ४०६ कित्ता सेयर कारोबार भएको छ ।

कुल ८१ लाख ९६ हजार २९१ रुपैयाँको कारोबार भएको उक्त सेसनमा सर्वाधिक सेयर खरीदविक्री नेशनल हाइड्रोपावरको भएको छ।

कारोबारमा आएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने पाँच वटाको मूल्य घटेको छ। सो सेसनमा  चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post