सेयर बजार २६ अंकले बढ्यो, ४ अर्ब ७३ करोडको कारोबार !

 कोरखबर   २९ कार्तिक, २०७८



कार्तिक २९, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। सेयर बजार आज २६.४४ अंकले उकालो लागेको छ। २६.४४ अंकले सयेर बजार उकालो लाग्दा नेप्से परिसूचक २ हजार ७१७.३५ विन्दुमा पुगेको छ।

सेयर बजार उकालो लागे पनि सेयर कारोबारमा खासै सुधार देखिएको छैन। आज ८६ लाख ३६ हजार ६३६ कित्ता सेयर ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४ सय ४४ रुपैयाँमा कारोबार भएको छ।

आज सबै उपसमूहमा हरियाली छाएको छ। बैंकिङ उपसमूह ०.०५ प्रतिशत, ट्रेडिङ १.८३ प्रतिशत, होटल एण्ड टुरिजम १.८१ प्रतिशत, डेभलपमेन्ट बैंक २.६३ प्रतिशत, हाइड्रो पावर १.६७ प्रतिशत, फाइनान्स २.३ प्रतिशत, नन् लाइफ इन्स्योरेन्स १.७४ प्रतिशत, म्यानुफ्याक्चर एण्ड प्रडक्शन १.७१ प्रतिशत, अन्य ०.९८ प्रतिशत, माइक्रोफाइनान्स १.२१ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.७५ प्रतिशत, म्युचल फण्ड ०.२१ प्रतिशत र इन्भेष्टमेन्ट १.९६ प्रतिशतले बढेका छन्।

सबैभन्दा धेरै डेभलपमेन्ट बैंक उपसमूह २.६३ प्रतिशतले बढेको छ।

यस्तै कम्पनीतर्फ आज बल्ट्रास नेपाल लिमिटेड, मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेड शत प्रतिशत बढेका छन् भने तेह्रथुम पावर कम्पनी लिमिटेड ९.९९ प्रतिशत, मैलुग खोला जल विद्युत कम्पनी लिमिटेड ९.६१ प्रतिशत र शिवा श्री हाइड्रो पावर लिमिटेड ८.७० प्रतिशतले बढेका छन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post