२८ कार्तिक, कामठाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको 'नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७ (तेश्रो संशोधनसहित)'मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई मंसिर ७ गतेसम्म आवेदन दिन आग्रह गरेको हो ।
तोकिएको समयभित्र पुनरकर्जाको लागि निवेदन दिने पुनरकर्जाका लागि योग्य ऋणीहरूको आवेदनलाई नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड बमोजिम पुनरकर्जा सुविधा प्रदानगरि दिनका लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरिने र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएबमोजिम हुने गरी पुनरकर्जा सुविधा प्राप्त हुने पनि बैंकले जनाएको छ ।