नेप्सेमा प्रभु बैंकको कारोबार फुकुवा !

 कोरखबर   २८ कार्तिक, २०७८



कात्तिक २८,काठमाडौं । नेपाल स्टक एक्सेचेञ्ज  (नेप्से) ले प्रभु बैंकको  सेयर कारोबार फुकुवा गरेको छ ।

कार्तिक २३ गते बसेको कारोबार समयमा सञ्चालक समितिको बैंठक बसेर लाभांश प्रस्ताव गरेपछि किन कारोबार समयमा सञ्चालक समितिको बैंठक बसेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले बैंकलाई स्पष्टीकरण सोध्दै कारोबार रोक्का गरेको थियो ।

तर  नेप्सेले सोधेको स्पष्टीकरण  दिएसँगै  कार्तिक २६ गतेको निर्णयअनुसार बैंकको कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post