मेगा बैंकको १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव !

 कोरखबर   २४ कार्तिक, २०७८



कार्तिक २४,काठमाडौं । मेगा बैंकले यो आर्थिक वर्ष १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव प्रस्ताव गरेको छ।

अघिल्लो आव २०७६/०७७ बाट बैंकले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३.०५ प्रतिशत नगद गरि कूल १३.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

अघिल्लो आवको तुलनामा गत आवबाट बैंकको प्रस्तावित लाभांश ०.९८ प्रतिशत कम हो । यद्यपी बैंकको लाभांश अघिल्लो आवको तुलनामा कम भएपनि नगद लाभांश हटेर बोनस लाभांश भने २.०७ प्रतिशत बढेको छ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफा र सेयर प्रिमियम कोष समेतबाट गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट बैंकका सेयरधनीलाई चुक्ता पुँजीको १२.०७ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिबाट प्रस्ताव गरिएको आर्थिक वर्ष २०७७/०७८ को प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तालाई वितरण हुनेछ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७ रुपैयाँ रहेको छ । प्रस्तावित १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७० रुपैयाँ बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १६ अर्ब ४२ करोड ३८ लाख १९ हजार २२८ रुपैयाँ पुग्नेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post