कार्तिक २३, काठमाडौं । सनराइज बैंकले गत वर्षको नाफाबाट ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंकले ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको लाभांश दर घटेको छ।आर्थिक वर्ष ७६/७७ को नाफाबाट यस बैंकले ८.२८ प्रतिशत लाभांश वितरण गरेको थियो।
नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारणसभाले लाभांश पारित लाभांश वितरण गरिने जनाइएको छ।