दोहोरो अंकले घट्यो शेयर बजार !

 कोरखबर   २२ कार्तिक, २०७८



कात्तिक २२, काठमाडौं । तिहारपछि बजार खुलेको पहिलो दिन शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ ।

सोमवार नेप्से परिसूचक १९.२० अंकले घट्दै २८२९.६४ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ परिसूचक २.७१ अंकले घट्दै ५२८.३७ विन्दुमा झरेको छ । सोमवार २ सय ३० कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १ सय ३ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।

यस दिन फाइनान्स, मुचुअल पण्ड, इन्भेष्टमेन्ट समूहबाहेक अन्य सबै समूहको सूचकमा गिरावट आएको छ ।

साहस उर्जा लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएका छन् ।  यी दुई कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । 

यस्तै तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९९ प्रतिशतले शेयर मूल्य बढेको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post