नेप्सेले दुई कम्पनीको शेयर कारोबार रोक्यो !

 कोरखबर   २२ कार्तिक, २०७८



कात्तिक २२, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार दुई कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।

नेप्सेले सोमबारबाट रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार रोक्का गरेको जनाएको हो । यी दुई कम्पनीबिच एक आपसमा गाभ्ने गाभिने भएकोले उक्त प्रयोजनका लागि कम्पनीहरुको धितोपत्रको दोस्रो बजार कारोबार रोक्का राखिएको नेप्सेले जनाएको छ ।  

यी दुई कम्पनीविच कात्तिक १७ गते मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

रैराङ हाइड्रोपावरले मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिदैं सोमवारदेखि संयुक्त कारोबार नभएसम्मका लागि अस्थाई रुपमा कारोबार रोक्का गर्न नेप्सेसँग अनुरोध गरेको थियो । 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post