निक्षेप २ अर्बले घट्यो, कर्जा २० अर्बले बढ्यो !

 कोरखबर   १७ कार्तिक, २०७८



कात्तिक १७, काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप नबढ्ने तर बैंक ऋण बढ्ने क्रमले यो साता पनि निरन्तरता पाएको छ । वाणिज्य बैकहरुको कुल निक्षेपमा २ अर्बले निक्षेप घटे पनि २० अर्बले कर्जा बढेको छ । समग्र बैकिङ प्रणालीको कर्जा निक्षेप अनुपात भने ८९.७३ प्रतिशत रहेको छ जुन राष्ट्र बैंकले तोकेको सीमा भित्रै छ ।

नेपाल बैकर्स एसोसिएसनले उपलब्ध गराएको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको निक्षेप कार्तिक १२ गतेसम्म ४२ खर्ब ४७ अर्ब निक्षेप पुगेको छ । यो अघिल्लो हप्ताको भन्दा २ अर्बले कम हो । कार्तिक ५ देखि १२ गतेसम्म एक साताको अवधिमा विदेशी मुद्रामा निक्षेप भने ७ अर्बले घटेर १ सय २८ अर्ब पुगेको छ भने सोही अवधिमा विदेशी मुद्रामा ऋण भने १ अर्बले मात्र बढेको देखिएको छ ।

वाणिज्य बैंकहरुको कर्जा भने एक हप्तामा २० अर्बले बढेर ४० खर्ब १८ अर्ब रुपियाँ कायम भएको छ । अघिल्लो हप्ता वाणिज्य बैंकहरुको कुल कर्जा ३९ खर्ब ९८ अर्ब रुपियाँ मात्र थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post